Sagun Khabar
दशरथचन्द नगरपालिकाका प्रत्येक वडामा आइसोलेसन बनाइने 

बैतडी–बैतडीको दशरथचन्द नगरपालिकाले प्रत्येक वडामा आइसोलेसन बनाउने तयारी अघि बढाएको छ । नगरपालिकाभित्र संक्रमितको संख्या बढ्दै गएपछि कोरोना महामारी नियन्त्रण गर्न प्रत्येक वडामा आइसोलेसन बनाउने निर्णय भएको उपप्रमुख मीना चन्दले जानकारी दिइन् । 

वडामा पायक पर्ने स्थानमा संक्रमितहरुको संख्या हेरेर आइसोलेसन बनाउने निर्णय भएको उनले बताइन् । उनले भनिन् ‘संक्रमण तीव्र रुपमा फैलिरहेको छ । यसको रोकथाम र नियन्त्रणका लागि हामीले प्रत्येक वडामा आइसोलेसन बनाउने निर्णय गरेका छौं । सोही अनुसार प्रत्येक वडालाई निर्देशन समेत गरिएको छ ।’

Atrya hospital

अहिले विद्यालयहरु बन्द रहेका र विद्यालयहरुमा नै आइसोलेसन बनाउने तयारी भएको उपप्रमुख चन्दको भनाई छ । प्रत्येक वडामा संक्रमितहरुको संख्या १० देखि १५ बेडका आइसोलेसन बनाउने उनले बताइन् । 

नगरपालिकाभित्र ११ ओटै वडामा अब संक्रमण पुष्टि नागरिकलाई आइसोलेसनमा बसाउने योजना नगरपालिकाको छ  । 

नगरपालिकाको निर्णय अनुसार वडा तहमा आइसोलेसनको तयारी भएपनि श्रोतको भने अभाव रहेको दशरथचन्द नगरपालिका वडा नं १ का वडा अध्यक्ष भुवनराज भट्टले बताए । उनले भने ‘आइसोलेसन बनाउने निर्णय भएको छ तर श्रोतको भने निकै अभाव रहेको छ । तै पनि हामीले वडामा संक्रमणको दर हेरेर आइसोलेसन बनाउनेछौं ।’
 

प्रकाशित मिति: शनिबार, वैशाख २५, २०७८  १५:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update