Sagun Khabar
नेविसंघ अध्यक्ष केसीद्वारा जन्मदिनको अवसरमा टुहुरा बालकलाई सहयोग 
Atrya hospital

नेपाल विद्यार्थी संघ बैतडीका अध्यक्ष कपिल केसीले आफ्नो जन्मदिनको अवसरमा फजुल खर्च कटाएर टुहुरा बालकहरुलाई सहयोग गर्नुभएको छ । अध्यक्ष केसीले पाटन नगरपालिका ५ वसन्तपुर कद्वारका दुई टुहुरा बालकलाई सहयोग गर्नुभएको हो ।

डेढ वर्षअघि आमाबुबा गुमाएर टुहुरा बनेका १२ वर्षीय सुरज लुहार र ८ वर्षीय निरज लुहारलाई खाद्यान्न र शैक्षिक सामग्री सहयोग गरेको नेविसंघका जिल्ला सदस्य तेजराज भट्टले जानकारी दिनुभयो । अ

ध्यक्ष केसीले आफ्नो ३० औं जन्मदिनको अवसरमा आज घरमै पुगेर टुहुरा बालकलाई सहयोग गरेको बताउनुभयो । आमाबुवा गुमाएर गएको डेढबर्षदेखि बिचल्लीमा परेका ती बालकलाई १ बोरा चामल, ७ किलो दाल, २ लिटर खानेतेल, २ झोला, १ दर्जन कापी र १ दर्जन कलम हस्तान्तरण गरेको केसीले बताउनुभयो । 
 

प्रकाशित मिति: सोमबार, चैत ९, २०७७  १९:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update