Sagun Khabar
दोगडाकेदार गाउँपालिकाका सबै सवारी साधन बिरामी बोक्न प्रयोग गरिने 

बैतडी –बैतडीको दोगडाकेदार गाउँपालिकाले गाउँपालिकाका सबै सवारी साधन कोरोना नियन्त्रणमा प्रयोग गर्ने जनाएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै अध्यक्ष र उपाध्यक्ष चढ्ने गाडी सहित सबै कोरोना नियन्त्रणमा प्रयोग गरिने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रविन्द्रबहादुर धामीले जानकारी दिए । 

गाउँपालिकामा एक एम्बुलेन्स, एक टीपर, एक बोलेरो जिप र एक कार रहेकोमा सबैलाई कोरोना नियन्त्रणको काममा प्रयोग गरिने प्रमुख प्रशासकीय अधिकृत धामीले बताए । उनले भने ‘गाउँपालिकामा एउटा मात्रै एम्बुलेन्स छ । त्यसैले मात्र नपुग्ने भएकाले जुनसुकै बेला आवश्यकता अनुसार बिरामी बोक्न सकिने गरेर हामीले व्यवस्था मिलाएका छौं ।’

Atrya hospital

कोरोना भाईरसका संक्रमितहरु बढीरहेकाले उनीहरुको उपचार लगायतका काममा गाडीहरु प्रयोग हुने बताइएको छ । 

यस्तै पालिकाले प्रत्येक वडामा कोभीड संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्यकर्मीहरुलाई सम्पर्क व्यक्तिको रुपमा तोकेको छ । 

वडामा रहेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरु मध्ये सम्पर्क व्यक्तिहरु तोकेको प्रमुख प्रशासकीय अधिकृत धामीले बताए ।  

प्रकाशित मिति: शनिबार, वैशाख २५, २०७८  १३:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update