Sagun Khabar
पाटन नगरपालिकाद्वारा निषेधाज्ञामा थप कडाई 

बैतडी–बैतडीको पाटन नगरपालिकाले निषेधाज्ञामा थप कडाई गरेको छ । नगरप्रमुख केशवबहादुर चन्दको अध्यक्षतामा शुक्रबार बैठक बसेर आइतबारदेखि बजार क्षेत्र पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ ।

यस्तै नगरपालिकाका वडाहरु भित्र पूजापाठ, विवाह, ब्रतबन्ध जस्ता कार्यहरुमा ५ जना भन्दा बढी भेला हुन नपाउने निर्णय गरिएको छ । अनावश्यक घरबाहिर निस्किन नपाउने र जेठ २ गते सम्म नगरपालिकाभित्रका बैंक तथा बित्तीय संस्थाहरुलाई पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको छ ।

Atrya hospital

यस्तै सोही अवधिसम्म निर्माणका कामहरु पनि पूर्ण रुपमा बन्द गर्ने नगरपालिकाले सूचना मार्फत जानकारी दिएको छ । कसैले नगरपालिकाले जारी गरेका मापदण्डको उल्लंघन गरेमा संक्रामक रोग ऐन २०२० अनुसार कारवाही हुने समेत उल्लेख गरिएको छ ।

कोरोनाको दोश्रो लहर फैलिएपछि पाटन नगरपालिकाभित्रका २ जनाको कोरोनाका कारण मृत्यु भईसकेको छ भने अहिले पनि ७८ जना सक्रिय संक्रमित रहेका छन् । जिल्लाभरी वैशाख २० गतेदेखि जेठ २ गते सम्मका लागि निषेधाज्ञा यथावत रहेको छ ।

जिल्ला प्रशासनले जारी गरेकै निषेधाज्ञामा नगरपालिकाले थप कडाई गरेको पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दले बताए । 

प्रकाशित मिति: शनिबार, वैशाख २५, २०७८  १२:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update