Sagun Khabar
बैतडी घर भएका जोशीको कोरोनाका कारण धनगढीमा मृत्यु 

बैतडी–बैतडीको दोगडाकेदार गाउँपालिका रीम घर भएका जिल्ला आयुर्वेदिक स्वास्थ केन्द्र दार्चुलाका कार्यालय प्रमुख लोकेन्द्र जोशीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

केहि दिन पहिले धनगढीमा कोरोना पुष्टि भएपछि सेती प्रादेशिक अस्पतालमा उपचाररत ४५ वर्षीय जोशीको शनिबार बिहान मृत्यु भएको जिल्ला आयुर्वेद स्वास्थ केन्द्र दार्चुलाले जनाएको छ ।

Atrya hospital

उपचारका लागि गत हप्ता भारतको दिल्ली गएका जोशीलाई भारतबाट फर्किएपछि धनगढीमा कोरोना संक्रमण पुष्टि भएको उनका आफन्त माधवप्रसाद लेखकले जानकारी दिए  । जोशीको निधनपछि पुरै परिवार शोकमा डुबेको छ ।

यसअघि शनिबार बिहान दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ९ का एक महिलाको कोरोनाकै कारण गोकुलेश्वर अस्पतालमा मृत्यु भएको छ ।

शुक्रबार अचानक श्वासप्रश्वासमा समस्या भइ अस्पताल भर्ना भएक भएकी ती महिलाको मृत्यु भएको गोकुलेश्वर अस्पतालका डाक्टर नियाज अन्सारीले बताए । 
 

प्रकाशित मिति: शनिबार, वैशाख २५, २०७८  १२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update