Sagun Khabar
बैतडीमा कोरोनाबाट थप एकजनाको मृत्यु 

बैतडी–बैतडीमा कोरोनाबाट थप एकजनाको मृत्यु भएको छ । जिल्ला अस्पतालमा उपचाररत मेलौली नगरपालिका २ का ५८ बर्षीय पुरुषको शनिबार बिहान सवा ६ बजे मृत्यु भएको जिल्ला अस्पतालका प्रमुख डा. वसन्तराज जोशीले जानकारी दिए । 

यही वैशाख २३ गते राती जिल्ला अस्पतालमा आएका उनमा सोही दिन कोरोना पुष्टि भएको थिए । केही दिन पहिलादेखि लक्षण देखिएका उनी स्वास्थ्यमा जटीलता आएपछि मात्रै अस्पताल पुगेका थिए । अक्सिजन सपोर्टमा उपचार भईरहेको भएपनि शनिबार बिहान उनको निधन भएको हो ।

Atrya hospital

यसअघि शुक्रबार मात्रै बैतडीको पाटन नगरपालिका ४ का ४० बर्षीय एक पुरुषको कोरोनाका कारण मृत्यु भएको थियो । कोरोनाको दोश्रो लहर चलेपछि बैतडीमा ४ जनाको मृत्यु भईसकेको छ । 

जिल्ला अस्पतालको आइसोलेसनमा १२ जना संक्रमितको उपचार भईरहेको छ । उनीहरु मध्ये ९ जनाको अक्सिजन सपोर्टमा उपचार भईरहेको डा. जोशीले बताए ।

कोरोनाको संक्रमण तीव्र रुपमा फैलिरहेकाले स्वास्थ्यका मापदण्ड अपनाउनुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् । बैतडीमा कोरोनाका सक्रिय संक्रमितको संख्या ४३६ पुगेको छ ।
 

प्रकाशित मिति: शनिबार, वैशाख २५, २०७८  ०८:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update