Sagun Khabar
कोरोनाबाट मृत्यु भएकाको शव नेपाली सेनाद्वारा व्यवस्थापन 

बैतडी –कोरोनाबाट मृत्यु भएका बैतडीको पाटन नगरपालिका ४ का ४० बर्षीय पुरुषको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ । कोरोना संक्रमणबाट ती पुरुषको शुक्रबार दिउँसो थप उपचारका लागि धनगढी लैजाँदै गर्दा मृत्यु भएको थियो । 

मृतकको शव पाटन नगरपालिकास्थित तिपडाघाटमा शुक्रबार साँझ नै व्यवस्थापन गरिएको नेपाली सेनाको हनुमानध्वज गुल्मका निमित्त गुल्मपति गिरिजा भट्टले जानकारी दिए । 

Atrya hospital

कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापनका लागि बनाएको कार्यविधि अनुसार मृतकको शव व्यवस्थापन गरिएको उनले बताए ।

यही वैशाख २२ गते कोरोना पुष्टि भएर जिल्ला अस्पतालको आइसोलेसनमा उपचाररत ती पुरुषको स्वास्थ्यमा थप जटीलता आएपछि शुक्रबार धनगढी रेफर गरिएको थियो । धनगढी लैजाँदै गर्दा ती पुरुषको अनारखोलीमा मृत्यु भएको थियो । 

कोरोना दोश्रो लहर फैलिएसंगै बैतडीमा ३ जना संक्रमितको मृत्यु भईसकेको छ । 

प्रकाशित मिति: शनिबार, वैशाख २५, २०७८  ०६:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update