Sagun Khabar
बैतडीमा थप एकजना कोरोना संक्रमितको मृत्यु 

बैतडी-कोरोनाबाट बैतडीमा थप एक जना संक्रमितको मृत्यु भएको छ । पाटन नगरपालिका ४ का ४० बर्षीय संक्रमित पुरुषलाई थप उपचारका लागि धनगढी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला अस्पतालका प्रमुख डा. वसन्तराज जोशीले बताए ।

यही वैशाख २२ गते कोरोना पुष्टि भएर जिल्ला अस्पतालको आइसोलेसनमा उपचाररत ती पुरुषको स्वास्थ्यमा थप जटीलता आएपछि शुक्रबार धनगढी रेफर गरिएको थियो ।

Atrya hospital

धनगढी लैजाँदै गर्दा ती पुरुषको अनारखोलीमा मृत्यु भएको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए । मृतकको शव नेपाली सेनाले व्यवस्थापन गर्ने जनाइएको छ ।

कोरोना दोश्रो लहर फैलिएसंगै बैतडीका ३ जना संक्रमितको मृत्यु भईसकेको छ । 

प्रकाशित मिति: शुक्रबार, वैशाख २४, २०७८  १७:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update