Sagun Khabar
एकैदिन बैतडीका ७७ जनामा कोरोना पुष्टि 

बैतडी–बैतडीमा एकैदिन ७७ जनामा कोरोना कोरोना पुष्टि भएको छ । एन्टीजेन विधिबाट गरिएको परीक्षण, जिल्ला अस्पतालको प्रयोगशालामा गरिएको परीक्षण र डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षण एकैदिन शुक्रबार ७७ जनामा कोरोना पुष्टि भएको हो । 

एन्टीजेन विधिबाट परीक्षण गर्दा सुर्नया गाउँपालिका ५ का २८ बर्षीय २ जना पुरुष, पुर्चौंडी नगरपालिका ६ का २२,३३ र ४५ बर्र्षीय पुरुष, पाटन नगरपालिका ५ का ५० बर्षीय पुरुष, मेलौली नगरपालिका २ का ४० बर्षीय पुरुष र दशरथचन्द नगरपालिका ६ का २५ र ३० बर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । 

Atrya hospital

यस्तै जिल्ला अस्पातल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा दशरथचन्द नगरपालिका १७ महिला र १६ पुरुष गरी थप ३३ जनामा कोरोना पुष्टि भएको छ । 

यस्तै डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पाटन नगरपालिकाका ३५ जनामा कोरोना पुष्टि भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिए । ८९ जनाको स्वाब परीक्षणका लागि पठाएकोमा ५२ जनाको स्वाब परीक्षण गर्दा ३५ जनामा कोरोना पुष्टि भएको उनले बताए । स्वास्थ्यकर्मी, कर्मचारी, शिक्षक लगायतका ३५ जनामा कोरोना पुष्टि भएको हो । 

शुक्रबार थप ७७ जनामा कोरोना पुुष्टि भएसंगै जिल्लामा सक्रिय संक्रमितको संख्या ४३६ पुगेको छ । सक्रिय संक्रमित मध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा २२८ जना, पाटन नगरपालिकामा ७८ जना, पुर्चौंडी नगरपालिकामा ३४ जना र मेलौली नगरपालिकामा २३ जना रहेका छन् । 

यस्तै पञ्चेश्वर गाउँपालिकामा ३० जना, शिवनाथ गाउँपालिकामा १९ जना, दोगडाकेदार गाउँपालिकामा १२ जना, सुर्नया गाउँपालिकामा ११ जना र सिगास गाउँपालिकामा १ जना सक्रिय संक्रमित रहेका छन् ।

बैतडीमा शुक्रबार ५ जनाले कोरोना जितेका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २४, २०७८  १६:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update