Sagun Khabar
प्रदेश प्रमुख यादवद्वारा पदभार ग्रहण 
स्वास्थ्य सन्देश
Atrya hospital

धनगढी – सुदूरपश्चिमका नवनियुक्त प्रदेश प्रमुख गंगाप्रसाद यादवले पदभार ग्रहण गरेका छन् । यादवले शुक्रबार दिउँसो पदभार ग्रहण गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रदेश प्रमुखको कार्यालयका उपसचिव पुष्कर खड्काले यादवले शुक्रबार दिउँसो कार्यालयमा पुगेर पदभार ग्रहण गरेको जानकारी दिए । पदभार ग्रहण गर्दै उनले नेपालको प्रचलित कानून र संविधान बमोजिम काम गर्ने प्रतिबद्ध रहेको बताए  ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत वैशाख २० गते तत्कालिन प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तलाई हटाएर यादवलाई प्रदेश प्रमुखमा नियुक्त गरेकी थिइन् । 

प्रकाशित मिति: शुक्रबार, वैशाख २४, २०७८  १५:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update