 
                                                                    क्रिसमस डेको अवसरमा सरकारले शनिबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले क्रिसमस डेको अवसरमा शनिबार सार्वजनिक बिदा दिने निर्णय गरेको बताए।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार सार्वजनिक गर्दै प्रवक्ता कार्कीले शनिबार क्रिसमस डेको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए। मन्त्रिपरिषद् बैठकले राष्ट्रिय परीक्षा बोर्डमा महाश्रम शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ। त्यसैगरी सरकारले औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा ५ ९१० बामोजिम औद्योगिक तथा लगानी प्रवर्द्धन कोष स्थापना गर्ने निर्णय गरेको छ।
सरकारले विधायन व्यवस्थापन सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति, सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणको लागि पूर्वस्वीकृति र जिल्लासभा रुपन्देहीको जग्गा रोहिणी गाउँपालिकाको नाममा हक हस्तान्तरण गर्न स्वीकृति दिने निर्णय गरेको छ। सरकारले हुलाक वस्तुको महसुल दर पुनरवलोकन र वैदेशिक द्रूत डाँक सेवा (इएमएस) को महसुसल पुनरावलोकन गर्ने निर्णय पनि गरेको छ।




 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                    

 
                     
                     
                     
                     
                     
                     
                     
                    