Sagun Khabar
बैतडीमा सर्पको टोकाईबाट एक बालकको मृत्यु 
Atrya hospital

बैतडी –बैतडीमा सर्पको टोकाईबाट एक बालकको ज्यान गएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका ५ बिनाबस्तीका १३ बर्षीय पवन जोशीको सर्पको टोकाईबाट ज्यान गएको हो । 

आफ्नै पसलमा बिहीबार साँझ लिपपोत गर्नका लागि कोयो समात्ने क्रममा कोयोमा लुेकेको सर्पले जोशीलाई टोकेको स्थानीय यज्ञराज भट्टले जानकारी दिए । 

सर्पले बालकलाई टोकेपछि स्थानीयस्तरमै जडीबुटी सहित उपचार गरेपनि उनको बिहीबार साँझै निधन भएको हो । जोशी कफालाशैनी मावि पूजारीगाउँमा कक्षा ८ मा अध्ययनरत थिए । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २४, २०७८  १४:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update