माओवादी केन्द्रको स्थायी कमिटी बैठक चल्दै
                        
                        
                                                
                                             
                                                                    नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बसिरहेको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा बसिरहेको बैठकमा पर्सिदेखि सुरु हुने राष्ट्रिय सम्मेलन र सम्मेलनमा पेस गरिने राजनीतिक दस्ताबेजका विषयमा छलफल केन्द्रित छ ।
पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तयार पारेको राजनीतिक प्रतिवेदनमाथि स्थायी कमिटीका सदस्यले सुझाव दिने र ती सुझावलाई पनि समेटेर प्रतिवेदनलाई पूर्णता दिने तयारी छ ।
माओवादीको राष्ट्रिय सम्मेलन यही पुस ११ गतेदेखि काठमाण्डौमा सुरु हुँदैछ ।
-उज्यालो
प्रकाशित मिति: शुक्रबार, पुस ९, २०७८  ११:३४
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                    

 
                     
                     
                     
                     
                     
                     
                     
                    