Sagun Khabar
कांग्रेस खुल्ला केन्द्रिय सदस्यमा को को निर्वाचत भए ? सूची सहित

काठमाण्डौ – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत खुला केन्द्रीय सदस्य पदको मत गणना सकिएको छ । ३५ जनाका लागि भएको चुनावमा ९९ जना उम्मेदवार प्रतिस्पर्धामा थिए ।

परिणामअनुसार डा. शशांक कोइराला सबैभन्दा धेरै मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।  त्यस्तै एनपी साउद, बालकृष्ण खाण, उदयशमशेर राणा, रामहरी खतिवडा, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, शंकर भण्डारी, जिपछिरिङ लामा र अर्जुननरसिंह केसी शीर्ष १० मा रहँदै निर्वाचित भएका छन् । 

त्यस्तै गोपालमान श्रेष्ठ, जितजंग बस्नेत, नैनसिंह महर, सुनीलबहादुर थापा, डा। रामशरण महत, दिलेन्द्रप्रसाद बडू, मोहनबहादुर बस्नेत, बलबहादुर केसी, गोविन्द भट्टराई, कुन्दनराज काफ्ले, दीपक गिरी, सुरेन्द्रराज पाण्डे, पद्मनारायण चौधरी, गुरु बराल र डा. गोविन्दराज पोखरेल निर्वाचित भएका छन् । 

यस्तै राजीव ढुंगाना, सञ्जयकुमार गौतम, दिनेश कोइराला, मदनबहादुर अमात्य, अजयबाबु शिवाकोटी, उमेशजंग रायामाझी, गणेश लामा, कृष्णकिशोर घिमिरे, डा. गोपाल दहित र मोहन आचार्य शीर्ष ३५ भित्र समेटिएर निर्वाचित हुन सफल भएका छन् । 

३५ जनामध्ये सभापति शेरबहादुर देउवाको पक्षबाट उम्मेदवार बनेका २५ जना र सभापतिका प्रतिस्पर्धी डा. शेखर कोइरालाको समूहबाट उम्मेदवार बनेका नौ जना विजयी भएका छन् । शशांक कोइराला भने देउवा र शेखर दुवै पक्षको सूचीमा रहेका थिए । 

चुनावमा यसअघि सभापति, दुई जना उपसभापति, दुई जना महामन्त्री, आठ जना सहमहामन्त्री र प्रदेश २ को महिलातर्फ केन्द्रीय सदस्य पदको मतपरिणाम सार्वजनिक भइसकेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी एक सय ३४ पदका लागि भएको मतदानमा जम्मा चार सय ८७ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन समितिले अब एक हप्तामा सबै पदको मतगणना भइसक्ने जनाएको छ । 

प्रकाशित मिति: सोमबार, पुस ५, २०७८  ०७:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update