सिरहामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको मृत्यु
                        
                        
                                                
                                             
                                                                    सप्तरी – सिरहामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकै परिवारका तीन जनाको ज्यान गएको छ ।
टिपरले मोटरसाइकललाई ठक्कर दिँदा सप्तरीको बलान विहुल गाउँपालिका वडा २ दिघियाका मोतीलाल यादव, भतिजा ३० वर्षीय रामकुमार र आठ वर्षीय नाती अभिषेकको ज्यान गएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक डा. तपन दाहालले जानकारी दिए ।
प्रदेश २–०१–००२ प २६८२ नम्बरको मोटरसाइकललाई स १ क २६१ नम्बरको टिपरले लहान नगरपालिका ३ मा पर्ने लहान ठाडी सडक खण्डमा ठक्कर दिएको हो ।
ठक्करबाट एक जना घाइते भएका छन् । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, पुस २, २०७८  १५:२३
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                    

 
                     
                     
                     
                     
                     
                     
                     
                    