Sagun Khabar
भागरथी हत्याका अभियुक्त दिनेशले बयान फेर्दा तरंग पैदा
Atrya hospital

बैतडीको दोगडाकेदार गाउँपालिका ७ की १७ बर्षीया किशोरी भागरथी भट्टको हत्या अभियोग लागेका दिनेश भट्टले बयान फेरेपछि अहिले सो घटना तरंगित भएको छ । दिनेशले आफूले भागरथीलाई नमारेको र हत्या गर्ने व्यक्तिको डर धम्कीले आफूले हत्या गरेको स्वीकारेको बताएका छन् । आफ्ना काकासंगको अडियो कुराकानीमा दिनेशले एकजना कर्मचारीको नामै किटेर हत्या गरेको समेत बताएका छन् । आफूलाई आफ्ना बुवा र भाईलाई मार्ने धम्की दिएपछि आफूले हत्या स्वीकार गरेको टेलिफोन सम्वादमा बताएका छन् ।

यसअघि भने दिनेशले भागरथीको बलात्कारपछि हत्या गरेको स्वीकार गरेका थिए । भागरथीको हत्या गरेको स्वीकार गरेपछि जिल्ला अदालतले दिनेशलाई पुपक्र्षका लागि सुधार गृहमा पठाएको छ । अदालतमा मुद्दा विचाराधिन रहेकै अवस्थामा दिनेशले आफ्नो बयान फेरेका हुन् । दिनेशले बयान फेर लगत्तै यो घटना फेरी चर्चामा आएको छ । सामाजिक सञ्जालमा समेत यो घटनाका वास्तविक दोषी पत्ता लगाउनुपर्ने भन्दै पोष्ट भईरहेका छन् । कार्की थर भएका ती कर्मचारीलाई भागरथी हत्या घटनाको अनुसन्धानको सिलसिलामा प्रहरीले हिरासतमा समेत लिएको थियो । पछि प्रहरीले प्रमाण नपुगेको भन्दै छोडेको थियो ।अभियुक्तले ती कर्मचारीका बारेमा बोलेपछि अहिले सबैतिर तरंग पैदा भएको छ ।

तर प्रहरीले भने घटनाको अनुसन्धान सकिएको र अदालतमा विचाराधिन मुद्दाका बिषयमा केही बोल्न नमिल्ने बताएको छ । आफूहरुले घटनाको अनुसन्धान सकेर दोषी पत्ता लगाईसकेको र सो मुद्दा अहिले अदालतमा गईसकेकाले आफूहरुले बोल्न नमिल्ने जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । बैतडीको दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी भागरथीको भट्टको बलात्कारपछि हत्या गरिएको अवस्थामा गएको माघ २२ गते स्थानीय लवलेक सामुदायिक वनमा शव फेला परेको थियो ।

प्रकाशित मिति: सोमबार, चैत ९, २०७७  १६:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update