Sagun Khabar
गाउँदेखि केन्द्रसम्म काँग्रेसको सरकार हुन्छ  :प्रधानमन्त्री देउवा

काठमाण्डौं –नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आगामी चुनावमा स्थानीय तहदेखि केन्द्रसम्म काँग्रेसकै सरकार हुने बताएका छन्। पार्टीको १४औं महाधिवेशनको उद्घाटन सत्रलाई शुक्रबार समापन गर्दै प्रधानमन्त्रीसमेत रहेका देउवाले यस्तो बताएका हुन्।

देउवाले फेरि सभापतिमा आफूलाई जिताउन आग्रह गर्दै उनले भने, ‘गाउँदेखि केन्द्रसम्म काँग्रेसको सरकार हुन्छ, त्यो मेरो जिम्मा भयो।’ उनले आफ्नो पहलमा देशलाई केपी शर्मा ओलीको तानाशाही शासनबाट मुक्त गरेको पनि बताए। 

 

प्रकाशित मिति: शुक्रबार, मंसिर २४, २०७८  १९:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update