Sagun Khabar
कैलालीमा थप चार जना कोरोना संक्रमितको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

कैलाली–कोरोना भाइरस संक्रमणबाट कैलालीमा थप ४ जनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर २ का ७२ वर्षीय पुरुष र वडा नम्बर ८ का ५८ वर्षीय पुरुषको मंगलबार राती मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए  ।

यस्तै कैलालीको गौरीगंगा नगरपालिका १ का ३५ वर्षीय पुरुषको र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १ का ३५ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको  छ । चारै जनाको  सेती प्रादेशिक अस्पतालममा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८  ०९:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update