Sagun Khabar
पाटनमा मानसिक स्वास्थ्य शिविर सञ्चालन हुने 
Atrya hospital

स्वास्थ्य कार्यालय बैतडीको आयोजना भोली एकदिने मानसिक स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा शिविरको आयोजना गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो ।

शिविरमा मानसिक समस्या भएकाहरुलाई उपचार र परामर्श सेवा प्रदान गरिने बताइएको छ । शिविरमा आउने नागरिकले यसअघि कुनै मानसिक स्वास्थ्य सम्बन्धि औषधि सेवन गरिरहेको भएमा औषधिको पर्चा समेत ल्याएर आउन आग्रह गरिएको छ । शिविरमा मानसिक स्वासथ्यका बिषयमा विभिन्न जानकारी समेत दिइने बताइएको छ । 

प्रकाशित मिति: सोमबार, चैत ९, २०७७  १४:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update