दार्चुला –दार्चुलाबाट सुदूरपश्चिम प्रदेश सभाका सदस्य नन्दाकुमारी बम नेपाली काग्रेसको महाधिवेशन प्रतिनिधिमा पराजित भएकी छिन् । महिला प्रतिनिधिबाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवार बनेकी महाधिवेशन प्रतिनिधिमा पराजित भएकी हुन् ।
प्रदेश लेखा समिति संयोजक समेत रहेकी बमले कुल ४९० मत मात्र ल्याइन् । चार जना महिला प्रतिनिधिको लागि भएको निर्वाचनमा पाँच जना महिलाबीच प्रतिस्पर्धा भएको थियो ।
जिल्लाबाट महिला प्रतिनिधिमा शान्तिदेवी बम ६८७, राजमति पाल ६८७, इश्वरी जोशी ६६९ र एसोदा तिङ्करी ५६७ मत ल्याएर महाविधेशन प्रतिनिधिमा चयन भएका निर्वाचन समितिले जनाएको छ ।
महाविधेशन प्रतिनिधिमा छनौट भएकी बम महिला संघ दार्चुलाका अध्यक्ष समेत हुन् । यस्तै पाल शैल्यशिखर नगरपालिका उपप्रमुख हुन भने जोशी दुहुँ गाउँपालिकाकी उपाध्यक्ष हुन् ।