Sagun Khabar
गेटा मेडिकल कलेजमा आइसोलेसन सेन्टर बनाउने कार्य शुरु 
स्वास्थ्य सन्देश
Atrya hospital

कैलाली–मंगलबारदेखि कैलालीको गेटा मेडिकल कलेजमा आइसोलेसन निर्माण कार्य सुरु गरिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) कैलालीको मातहतमा रहने गरी धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाको सहकार्यमा निर्माण कार्य सुरु गरिएको हो ।

उक्त स्थलमा सरसफाई तथा भौतिक संरचना निर्माणका लागि नेपाली सेनाको टोली खटाइएको कैलालीका प्रमुख जिल्ला अधिकारी कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले बताए  । तत्कालका लागि ५ सय बेडको आइसोलेसन बनाउने तयारी भएको उनले जानकारी दिए । 
 

प्रकाशित मिति: मंगलबार, वैशाख २१, २०७८  १२:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update