Sagun Khabar
सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ६ जना कोरोना संक्रमितको मृत्यु

धनगढी–सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार गराईरहेका थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ७ की ७७ वर्षीया महिला र वडा नम्बर १३ का २२ वर्षीय पुरुषको मृत्यु भएको हो ।

यस्तै कञ्चनपुरको भिमदत्त नगरपालिका १२ घर भएका ७१ वर्षीय पुरुषको पनि सेती प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

यस्तै दार्चुलाको मालिकार्जुन गाउंपालिका वडा नम्बर ८ का ६६ वर्षीय पुरुषको पनि मृत्यु भएको छ ।  एन्टिजेनबाट चेक गर्दा रिर्पोट पोजेटिभ आएकोमा उनको सेती प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमा सोमबार राति ९ बजेको समयमा मृत्यु भएको हो। ।

यस्तै बझाङका २६ वर्षीय पुरुषको पनि गत १४ गते एन्टिजेनबाट चेक गर्दा रिर्पोट पोजेटिभ आएकोमा सेती प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमा सोमबार राति साढे १० बजेको समयमा मृत्यु भएको जनाइएको छ ।  

यस्तै सेतीमै उपचाररत बर्दियाका ३० वर्षीय पुरुषको मृत्यु जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । 
 

प्रकाशित मिति: मंगलबार, वैशाख २१, २०७८  ०९:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update