दार्चुला –नेपाली कांग्रेस दार्चुलाको प्रदेशसभा क्षेत्र (ख) क्षेत्रीय सभापतिमा केशवबहादुर सिंह २३९ मत सहित विजयी भएका छन् । उनका निटकतम प्रतिद्वन्दी जगतसिंह ठगुन्नाले १४७ मत प्राप्त गरे ।
यस्तै क्षेत्रीय सचिवमा २७७ मत ल्याएर युवा नेता जगदिश बिष्ट निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्धन्दी उदयसिहँ ठगुन्नाले २३७ र धर्म बहादुर खडायतले १२१ मत प्राप्त गरे ।
प्रदेश प्रतिनिधिमा अशोक बहादुर सिंह सम्राट ३१३, अशोक सिंह साउद २७७, एकेन्द्र बहादुर पाल २७७, राम दत्त जोशी २२५, दिलिप महता २१३, देवेन्द्र सिंह रोकाय २१२, एनपि जोशी (लाइट)ले १४३ मत प्राप्त गरेका छन् । सभापति लगायत प्रमुख पदहरुमा सहमती जुटन नसकेपछि दुबै प्रदेशसभा क्षेत्रमा निर्वाचन भएको हो ।
प्रदेश क्षेत्र (ख) को उपसभापतिमा लक्ष्मण डागा र डम्बर कार्की, अपांगमा केशव जोशी, सहसचिवमा गणेशदत्त जोशी र मोहनदेब खडायत निर्विरोध निर्वाचित भएका थिए । यस्तै महिला प्रतिनिधि समेत निर्विरोध चयन भएको बताइएको छ । प्रदेश क्षेत्र (क) मा समेत सभापतिसहित चार पदमा निर्वाचन भएको छ ।