दार्चुला –सरकारले दुहुँ गाउँपालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । मंसिर २ गते बसेको मन्त्रीपरिषद्को बैठकले गाउँपालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गरेको हो ।
सरकारको निर्णयले बाढी पहिरोले निम्त्याएको भौतिक क्षतिलाई पुर्ननिर्माण, पुनःस्थापन गर्न र पिडितहरुलाई उचित राहतको व्यवस्था गर्न सहज हुने गाउँपालिका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीले बताए ।
पालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गरिएकाले गृहमन्त्रालयले बाढीपहिरोबाट भएको क्षतिको पुर्ननिर्माण तथा पीडितका लागि विशेष कार्यक्रम ल्याउने जानकारी दिएको उनले बताए ।
प्रकाशित मिति: शनिबार, मंसिर ४, २०७८ १०:२२
प्रतिक्रिया दिनुहोस्