दार्चुला –दार्चुलाको लेकम गाउँपालिकामा जिप दुर्घटना भएको छ । लेकम गाउँपालिका वडा नम्बर ६ को मेल्लाउँ सिमार भन्ने ठाउँमा जिप दुर्घटना हुँदा दुई जना घाइते भएको इलाका प्रहरी कार्यालय रिठाचौपाताले जनाएको छ ।
जिप दुर्घटना हुँदा बैतडीको डिलाशैनी गाउँपालिका बस्ने ७० बर्षीया मध्या नाथ र कञ्चनपुरको बेदकोट नगरपालिका वडा नम्बर ८ बस्ने ७५ बर्षीया पुण्यादेवी नाथ घाइते भएका छन् ।
सोमबार बिहान साढे १० बजे दार्चुलाको गोकुलेश्वरबाट रिठाचौपाता जाँदै गरेको से १ ज ५८३ नम्बरको जिप दुर्घटना भएको हो ।
प्रकाशित मिति: सोमबार, कात्तिक २२, २०७८ १२:२०
प्रतिक्रिया दिनुहोस्