Sagun Khabar
कैलालीमा थप ४ जना कोरोना संक्रमितको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

कैलाली–कैलालीमा सोमबार बिहान कोरोना भाइरस संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । कैलालीको जिल्लाको लम्कीचुहा नगरपालिका १ का ३८ वर्षीय पुरुष र १० की ३५ वर्षीया महिलाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । 

यस्तै धनगढी २ का ४३ वर्षीय संक्रमित पुरुषको पनि कोरोना भाईरसबाट मृत्यु भएको छ । यस्तै कञ्चनपुरको भिमदत्त नगरपालिका ७ का ६२ वर्षीय पुरुषको पनि कोरोना भाईरसबाट मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए  ।

उनीहरुको सबैको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा निधन भएको उनले बताए ।  

प्रकाशित मिति: सोमबार, वैशाख २०, २०७८  ०९:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update