Sagun Khabar
धनगढीमा एक जना भारतिय नागरिक मृत भेटिए ।
Atrya hospital

कैलालीको धनगढीमा एक जना मृत फेला परेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर २ को कैलाली खोलामा भारतीय नागरिक मृत फेला परेका हुन् ।
धनगढीमा मजदुरी गर्दै आएका ३२ वर्षीय उदय पाल भारतको पलियाका हुन । पालले बुधबार साँझ सन्तोषीटोलस्थिल कैलाली खोलामा बनेको पुलबाट हाम फालेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए ।
 उनी आज विहान हाम फालेकै स्थानमा मृत फेला परेका हुन् । पालले नेपालीसंग विवाह गरेका थिए । घटनाबारे थप  अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक बिष्टले बताए ।
 

प्रकाशित मिति: बिहीबार, कात्तिक ४, २०७८  १५:२५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update