Sagun Khabar
बाढी पहिरो अपडेट: देशभर मृत्यु हुनेको संख्या ४८ पुग्यो, ३१ जना बेपत्ता

मुलुकका विभिन्न क्षेत्रमा परेको भारी वर्षापछि आएको बाढी पहिरो र डुबानमा परेर बुधबार मध्याह्नसम्म ४८ जनाले ज्यान गुमाएका छन्। विभिन्न जिल्लामा ३१ जना बेपत्ता भएका छन्। गृह मन्त्रालयका अनुसार मृत्यु हुनेमा सबैभन्दा बढी इलाममा ११ र डोटीमा नौजना छन्। दुई जिल्लामा पहिरोले मानवीय क्षति गराएको हो।

यस्तै पहिरोमा परी हुम्ला, धनकुटा र पाँचथरमा ६÷६ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ। बैतडीमा चार, कालीकोटमा एक, डडेलधुरामा एक, प्यूठानमा एक, सुनसरीमा दुई र उदयपुरमा एकजनाको मृत्यु भएको गृहप्रवक्ता फडिन्द्रमणि पोखरेलले राससलाई जानकारी दिए। पहिरोमा परेर सबैभन्दा बढी बझाङ्मा २३ जना बेपत्ता भएका छन्। 

Atrya hospital

डोटीमा एक, प्यूठानमा दुई, इलाममा पाँचजना बेपत्ता छन्। विभिन्न जिल्लामा अहिलेसम्म २३ जना घाइते भएका छन्। असोज ३१ गतेदेखि मुलुकका विभिन्न क्षेत्रमा पानी पार्ने प्रणाली सक्रिय भएको थियो। 

यो क्रम आज पनि जारी छ। हराएकाहरुको खोजी कार्य र फसेकाहरुको उद्धार कार्य जारी रहेको गृहमन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका प्रमुख हुमकला पाण्डेले जानकारी दिए

#अन्नपुर्ण#

प्रकाशित मिति: बुधबार, कात्तिक ३, २०७८  १४:३१
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update