Sagun Khabar
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा प्रवेश, ओमान ८७ रनले पराजित 

काठमाण्डौ – ओमानलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा पुगेको छ । मलेशियाको क्वालालम्पुरमा आज भएको सेमिफाइनलमा नेपालले ओमानलाई ८७ रनले हरायो ।

नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको ओमानले २८ ओभर १ बलमा ६० रन बनाउँदा सबै विकेट गुमायो । ओमानका जतिन्दर सिंहले २५, जितेन रामानन्दीले १३ रन बनाए । नेपालका कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले ३÷३ तथा ललित राजवंशी र रोहतिकुमार पौडेलले २÷२ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको नेपाल ४५ ओभर ४ बलमा १४७ रन बनाउँदा अलआउट भयो । नेपालका दीपेन्द्रसिंह ऐरीले ५१, बसिर अहमदले ४७, देव खनालले १३, मोहम्मद आसिफले ११ रन बनाए । ओमानका जय विराम ओडेडरा र हसनैन शाहले ३÷३ विकेट लिए ।

अब नेपालले उपाधिका लागि पर्सि शनिवार यूएईसँग खेल्नेछ । आजै भएको अर्काे सेमिफाइनलमा यूएईले हङकङलाई ७ विकेटले हरायो ।

यो उपाधि जित्ने टोली एशिया कपमा छनोट हुनेछ । यस्तै फाइनलमा पुग्ने २ र तेस्रो हुने टोली इमर्जिङ टिम्स एशियाका लागि छनोट हुनेछन् ।
 

प्रकाशित मिति: बिहीबार, भदौ २५, २०८३  १२:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update