Sagun Khabar
बैतडी रौलेश्वरमा घर भक्तिदा एकजनाको मृत्यु, २जना घाइते

बैतडी– बैतडीको सुर्नया गाउँपालिका ५ रामकी बरायलमा घर भत्किँदा एक जनाको मृत्यु भएको छ भने, दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा ७१ बर्षका परुदेबी महरा रहेकाछन् ।

घाइते हुनेमा ५५ बर्षिय सरस्वति बिष्ट र निजका बुहारी ३०बर्षिय मायाँ बिष्ट रहेकाछन् ।

Atrya hospital

लगातारको अविरल वर्षाका कारण घर भत्किएको हो ।  घटना गयराति ९ बजेको समयमा भएको हो । 

घटनास्थलमा प्रहरी खटाइएएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख रमेश पालले बताए । 

हिजो मात्रै जिल्लाको शिवनाथ ६ बसेडीमा घर भक्तिदा तिनजनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा १८ वर्षीया पवित्रा पार्की, २४ वर्षीया भानु पार्की र ३ वर्षीय सोम पार्की रहेका छन् । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक ३, २०७८  ०९:२८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update