Sagun Khabar
बेमौसमी  वर्षाका कारण देशभर २०जनाको मृत्यु, ठाउँठाउँमा बाढीपहिरो
Atrya hospital

आइतबारदेखिको अविरल वर्षापछि आएको बाढीपहिरोले कम्तीमा १६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डोटीका मात्र ८ जना रहेका छन् ।  बैतडीमा ४ , सुनसरीमा २, सिन्धुली, डडेलधुरा र कालीकोटमा एक÷एक जनाको ज्यान गएको हो । बझाङमा २४ र डोटीमा १ गरी २५ जना बेपत्ता रहेका छन । नदी तथा खोलामा जलस्तर बढेर बस्ती पस्दा २ हजारभन्दा बढी घर डुबानमा परेका छन्  ।
  बैतडीको शिवनाथ गाउँपालिका–६ बसेडीमा रामी पार्कीको घर पहिरोले पुर्दा एकै परिवारका ३ जनाको मृत्यु भएको जिल्ला प्रशासन बैतडीका प्रसासकिय अधिकृत खगेन्द्र भारतिले जानकारि दिए ।  । त्यस्तै डोटिकै जोरायल गाउँपालिकामा ६ जनाको मृत्यु भएको छ । जोरायल–३ का ६२ वर्षीय जोगी सार्कीको पहिरोमा परी घटनास्थलमै मृत्यु भएको छ ।
 गम्भीर घाइते उनकी श्रीमतीको पनि उपचारका क्रममा मृत्यु भएको गाउँपालिका उपाध्यक्ष जमुना बोहराले बताइन्  । सइकडा खोलाको बाढीले घर भत्काउँदा जोरायल–४ का एकै परिवारका ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४२ वर्षीय शेरबहादुर विक, उनका छोराहरू १८ वर्षीय मोहन र १६ वर्षीय रविन तथा छोरी १६ वर्षीया पवित्रा रहेको डोटी प्रहरीका प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिए ।
 डडेलधुराको गन्यापुर गाउँपालिका–१ भात्काडामा पहिरोमै पुरिएर ३२ वर्षीय विष्णु अवस्थीको मृत्यु भएको छ । अवस्थीकी छोरी ६ वर्षीया सरिता घाइते छिन ।  कर्णाली नदीको तटबन्ध भत्किएर बस्ती पस्दा बर्दियामा मात्रै हजारभन्दा बढी घर डुबेका सञ्चारमाध्यमहरुले जानकासर दिएका छन् ।  
 डोटीको सायल गाउँपालिका–६ अलेतवाडास्थित दिलबहादुर कुन्जेडाको घर पहिरोले पुर्दा उनका छोराहरू १४ वर्षीय सागर र १० वर्षीय आशिषको मृत्यु भएको प्रहरीले जानकारी दिएको छत्यस्तै, सिन्धुलीमा मामाघरमा दसैंको टीका लगाएर फर्किने क्रममा चाल्ने खोलाले बगाएर मंगलबार फिक्कल गाउँपालिका ५ जाङजाङकी २० वर्षीया सरिता भुजेलको मृत्यु भएको छ ।
  गाउँपालिका उपाध्यक्ष पार्वती सुनुवारका अनुसार सरिताको शव खोलाले बगाउँदै गरेको अवस्थामा करिब एक किलोमिटर तल भेटिएको थियो । कालीकोटको महाबै गाउँपालिका–७ राम्नीमा पहिरोले घर बगाउँदा १८ वर्षीय स्मृति अधिकारीको मृत्यु भएको छ । 
 उनीसँगै सुतेकी १५ वर्षीया इशानी अधिकारी घाइते भएकी छन । त्यस्तै सुनसरीको धरान उपमहानगरपालिका–१३ नागेश्वर मार्गस्थित विशाल राईको घर पहिरोले पुर्दा २ जनाको मृत्यु भएको छ । धरानस्थित संघीय प्रहरी इकाई कार्यालयका एसपी भीम दाहालका अनुसार ४ वर्षीय निहान राई र ७ वर्षीया निसु राईको मृत्यु भएको हो ।

प्रकाशित मिति: बुधबार, कात्तिक ३, २०७८  ०६:२८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update