Sagun Khabar
बैतडीको ढुंगाडमा चारै तिर सेति नदीको भंगालो, बिचमा ६० जना

बैतडी-गत आइतबार देखीको अविरल बर्षाका कारण बैतडीका बिभिन्न ठाउँमा बाढी पहिरोले क्षति पु¥याएको छ । जिल्लाको सिगास गाउँपालिका–५ स्थीत ढुंगाडमा गाउँको चारैतिबाट सेति नदिको भंगालो आएको छ भने, त्यसबिचमा गाउँलेहरु फसेकाछन् ।


गयराती देखी फसेका स्थानियबासीको उद्धार गर्न सकिएको छैन् । बाढी आएपछि टापुमा फसेका स्थानियबासीको उद्धार गर्न सुर्खेतबाट आएको हेलिकप्टर मौसम खराबीका कारण प्रभावित क्षेत्रमा पुग्नै नसकेर फर्किएको छ । 

Atrya hospital


ढुंगाडको टापुमा फसेका व्यक्तिहरुको अवस्था बुझ्न प्रहरीको टोली त्यहाँ पुगेको छ । प्रहरी टापुमै पुगेर उद्धारको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरिक्षक रमेश बहादुर पालले बताए ।

उनले भने‘बस्तीको चारैतिर नदिको भंगालो छ । बिचमा बस्ती छ । त्यहाँ ५०देखी ६०जना फसेकाछन् । दिउँसो बर्षा कम भएका बेला २जना प्रहरी समेत प्रभावित क्षेत्रमा पुगेका थिए । १जना प्रहरी अझै प्रभावित क्षेत्रमै छन् । अहिले भंगालो तरेर वारी आउन सक्ने अवस्था छैन् । नदिको वहाव बढेपछि झन जोखीम हुनसक्छ । कसैसंग सम्पर्क हुन सकिरहेको छैन् ।’


बर्षा कम भएपछि नदिको भंगालो तरेर वारी पट्टि आउन सकिने उनले बताए ।  
 

प्रकाशित मिति: मंगलबार, कात्तिक २, २०७८  २१:३०
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update