Sagun Khabar
कर्णालीको बाढीले कैलालीका ५० घर डुबानमा, रानीजमरा सिँचाइ आयोजना क्षतिग्रस्त

कैलालीमा कर्णाली नदीमा आएको बाढी गाउँ पसेको छ । जिल्लाको जानकी गाउँपालिका–९ पाताभारमा रानीजमरा कुलरिया सिँचाई आयोजनाले निर्माण गरेको नहरबाट पानी ओभर भएर बस्तीमा पसेको स्थानीय प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले नदीको पानी बस्तीमा पस्दा झण्डै ५० घर डुबानमा परेको जानकारी दिए।

 

Atrya hospital

 

 

डुबानमा परेका घरमा बसेका मानिसलाई सुरक्षित स्थानतर्फ सार्ने काम भइरहेको छ भने कर्णाली नदीले रानीजमरा कुलरिया सिँचाई आयोजनामा पनि क्षति पुगाएको छ ।

जोशीका अनुसार नदीमा पानीको बाहव बढ्दा जानकी गाँउपालिका-९ को पुर्वी खैरीफाँटास्थित रानीजमरा कुलरिया सिँचाई आयोजनाले निर्माण गरेको नहरमाथी बनेको चार वटा सल्यापमा क्षति गरेको छ भने पूर्व तिरको पुलको सल्याप भत्केर आवतजावत पूर्ण रुपमा बन्द भएको छ ।

 

 

  # अनलाईन खबर #

प्रकाशित मिति: मंगलबार, कात्तिक २, २०७८  १७:५१
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update