Sagun Khabar
कैलाली र कञ्चनपुरमा कोरोनाका कारण थप पाँच जनाको मृत्यु 

कैलाली – कोरोना कारण कैलाली र कञ्चनपुरमा थप पाँच जनाको मृत्यु भएको छ । कैलालीमा २ र कञ्चनपुरमा ३ गरी ५ जनाको मृत्यु भएको हो । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ का ५२ वर्षीय पुरुष, भीमदत्त नगरपालिका–१४ की ४८ वर्षीया महिलाको महाकाली अस्पतालमा मृत्यु भएको अस्पतालका कोभिड सम्पर्क व्यक्ति डाक्टर गोवीन्द रोकायाले बताए  ।

दुवै जनाको शुक्रबार राती मृत्यु भएको उनले बताए । यस्तै भीमदत्त नगरपालिका–१८ का एक ६८ वर्षीय पुरुषको होमआइसोेलेसन शुक्रबार राती नै भएको मृत्यु भएको बताइएको छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

यस्तै कैलालीमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको जानकी गाउँपालिका–३ की ५९ वर्षीया महिलाको शुक्रबार साँझ निधन भएको हो भने जिल्लाको लम्कीचुहा नगरपालिका–५ की ५० वर्षीया महिलाको शनिबार बिहान मृत्यु भएको हो ।

दुवै जना सेती प्रादेशिक अस्पतालमा उपचाररत रहेका थिए । 

प्रकाशित मिति: शनिबार, वैशाख १८, २०७८  ०८:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update