Sagun Khabar
महिलासंग शंकास्पद अवस्थामा भेटिएका बैतडीका वडा अध्यक्ष प्रहरी नियन्त्रणबाट छुटे 
Atrya hospital

एक स्थानीय महिलासंग शंकास्पद रुपमा पक्राउ परेका बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष भरतबहादुर महरा प्रहरी नियन्त्रणबाट छुटेका छन् । वडा अध्यक्षकी श्रीमतिले प्रहरीलाई खबर गरेपछि सोधपुछका लागि वडा अध्यक्ष सहित महिलालाई नियन्त्रणमा लिएको र आरोप लगाएको जस्तो नपाइएपछि छोडिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

वडा अध्यक्षकी श्रीमतिले समेत यो बिषयमा उजुरी नदिने बताएपछि वडा अध्यक्षलाई शुक्रबार छोडिएको उहाँले बताउनुभयो । प्रहरीसंग वडा अध्यक्षले आफू ती महिलासंग पार्टीको बिषयमा छलफल गर्न बसेको बताएका छन् । 
 

प्रकाशित मिति: शनिबार, चैत ७, २०७७  ०९:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update