१३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा बझाङका २५ वर्षीय युवक पक्राउ
बझाङ– १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बझाङमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बझाङको दुर्गाथली गाउँपालिका–४ रन्थोली बस्ने २५ वर्षीय बरुण जोशी रहेका छन् । बालिकालाई जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा परेको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले जोशीलाई बिहीबार दिउँसो पक्राउ गरेको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको र पक्राउ परेका व्यक्तिमाथि कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज ३०, २०८३ ०८:२३
प्रतिक्रिया दिनुहोस्




