Sagun Khabar
बैतडीमा जिल्लास्तरीय खुला वक्तृत्वकला प्रतियोगिता हुने 

बैतडी –बैतडीमा जिल्लास्तरीय खुला वक्तृत्वकला प्रतियोगिता आयोजना हुने भएको छ । 

जेनजी समूह बैतडीको आयोजनामा आगामी कार्तिक ८ गते खुलामञ्च पाटनमा वक्तृत्वकला प्रतियोगिताको सञ्चालन हुने जेनजी समूहका प्रतिनिधि राजन भट्टले जानकारी  दिए । 

प्रतियोगितामा १० ओटै स्थानीय तहबाट वक्ताहरुको सहभागिता गराउने लक्ष्य रहेको उनले बताए । 

प्रतियोगितामा सहभागी गराउन आयोजकले जिल्लाका सबै नगरपालिका प्रमुख तथा गाउँपालिका अध्यक्षहरूलाई निमन्त्रणा गर्दै आफ्नो पालिकाबाट वक्ताहरू छनोट गरी पठाइदिन अनुरोध गरेको छ । प्रतियोगितामा नगरपालिकाबाट ३ जना र गाउँपालिकाबाट २ जना वक्ता सहभागी गराइने आयोजकले जनाएको छ । सहभागी छनोट गर्दा महिला र पुरुष दुवैको समान सहभागितालाई प्राथमिकता दिनसमेत आग्रह गरिएको छ ।

युवाहरूको वक्तृत्वकला, आत्मविश्वास, नेतृत्व क्षमता र विचार अभिव्यक्तिको विकास गर्नुका साथै जिल्लाभित्र रहेका प्रतिभाशाली युवाहरूलाई आफ्नो क्षमता प्रस्तुत गर्ने अवसर प्रदान गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको जेनजी समूहका प्रतिनिधि दिपिन जोशीले बताए । 

बैतडीका १० वटै स्थानीय तहलाई सक्रिय सहभागिताका लागि आग्रह गर्दै प्रतियोगिता सफल बनाउन सहयोग, सहकार्य र समन्वय गरिदिन सबै सरोकारवालालाई अनुरोध गरिएको उनले बताए । 
 

प्रकाशित मिति: सोमबार, असोज २६, २०८३  १२:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update