Sagun Khabar
बैतडी प्रशासनको मासिक उत्कृष्ट कर्मचारी बने पन्त 

बैतडी –जिल्ला प्रशासन कार्यालय बैतडीमा हलुका सवारी चालक पदमा कार्यरत दिपकदत्त पन्त ‘मासिक उत्कृष्ट कर्मचारी’ बनेका छन् । जिल्ला प्रशासन कार्यालय बैतडीले गएको वैशाखदेखि मासिक उत्कृष्ट कर्मचारी घोषणा गर्न गर्दै आएको छ । 

भदौ महिनाको मासिक उत्कृष्ट कर्मचारीको रुपमा सवारी चालक पन्तलाई घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी मीना अर्यालले बताइन् । 

उत्कृष्ट कर्मचारी घोषणा भएका पन्तलाई कार्यालयकातर्फबाट खादा लगाएर सम्मान गरिएको छ भने उत्कृष्ट कर्मचारी लेखिएको फोटो कार्यालयमा राखिएको छ । कर्मचारीहरुको मनोबल बढाउन र सेवाग्राहीलाई सेवा प्रवाहमा सहजताका लागि ‘मासिक उत्कृष्ट कर्मचारी’ घोषणा गर्ने गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताइन् । 

कार्यालयको कार्यसम्पादनमा देखाएको कार्यकुशलता, लगनशीलता र जिम्मेवारीप्रतिको समर्पणको कदरस्वरुप पन्तलाई मासिक उत्कृष्ट कर्मचारी घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताइन् । कर्मचारीहरुको मनोबल बढाउन उत्कृष्ट मासिक कर्मचारी घोषणा गर्ने गरिएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, असोज २, २०८३  १८:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update