Sagun Khabar
रसुवा बाढी : मृत्यु हुनेको सङ्ख्या २ सय ७० पुग्यो

काठमाण्डौ – हिजो रसुवाको भोटेकोशी नदी हुँदै आएको बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या २७० जना पुगेको छ ।

नेपाल प्रहरीका अनुसार आज दिउँसोसम्म विभिन्न जिल्लामा ती शव भेटिएका हुन् । सबैभन्दा धेरै चितवनमा १०८ जनाको शव भेटिएको छ ।

यस्तै नवलपरासी पूर्वमा ६२, धादिङमा २७, गोरखामा २०, रसुवामा १७, नवलपरासी पश्चिममा १५, नुवाकोटमा १२ र तनुहँमा ९ वटा शव भेटिएका छन् ।

यस्तै बाढीमा परेर घाइते भएका ५२ जनाको काठमाण्डौका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । त्रिवि शिक्षण अस्पतालमा २६, राष्ट्रिय ट्रमा सेन्टरमा २०, वीर अस्पतालमा, नर्भिक अस्पतालमा २, वीरेन्द्र सैनिक अस्पतालमा १ र मनमोहन अस्पतालमा १ जनाको उपचार भइरहेको छ । प्रहरीका अनुसार १४ जना उपचारपछि घर फर्किएका छन् ।

बाढीपछिको उद्धारमा ४ हजार ५० जना प्रहरी परिचालन भएका छन् ।

यस्तै रसुवामा आएको बाढीका कारण प्रभावित ३३६ जनाको हवाई उद्धार गरेको नेपाली सेनाले जनाएको छ ।

झन्डै ४ हजार जना सैनिकको समन्वयमा घाइतेको खोज तथा उद्धार, आपत्कालीन उपचार र राहत वितरणको काम भइरहेको नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले बताए । 
 

प्रकाशित मिति: बिहीबार, भदौ ११, २०८३  १७:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update