बैतडी – आज बैतडीसहित २८ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले बुलेटिनमार्फत देशका विभिन्न जिल्ला भई बहने साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाएको हो ।
बैतडीसहित सुदूरपश्चिमका डोटी, डडेल्धुरा, कैलाली र कञ्चपुर भई बहने स–साना नदीमा पानीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढी आउने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै काठमाडौँ, भक्तपुर, ललितपुर,सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, गोरखा, धादिङ, काभ्रे, मकवानपुर, तनहुँ, लमजुङ, कास्की, पर्वत, म्याग्दी, बागलुङ, स्याङ्जा, पाल्पा, जाजरकोट, रुकुम पश्चिम, सुर्खेत, बाँके र बर्दियामा बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ ।
भोलि र पर्सि गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश भई बहने केही साना नदीमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने भएकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।




