Sagun Khabar
बैतडीसहित ३५ जिल्लामा बाढीको जोखिम 

बैतडी –आज बैतडीसहित ३५ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ । 

बाढी पूर्वानुमान महाशाखा अनुसार आज सुदूरपश्चिमका बैतडीसहित दार्चुला, बझाङ र कैलालीमा बाढीको मध्यम जोखिम रहेको छ । यी जिल्ला र आसपासका जिल्ला भई बहने स–साना नदीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार काठमाण्डौं, भक्तपुर र ललितपुरमा पनि बाढीको जोखिम रहेको छ । 

यस्तै झापा, मोरङ, इलाम, पाँचथर, तेह्रथुम, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, ओखलढुङ्गा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रे, मकवानपुर, गोरखा, लमजुङ, कास्की, तनहुँ, बागलुङ, म्याग्दी, रुकुमपूर्व, रुकुम पश्चिम, जाजरकोट, सल्यान, दैलेख, सुर्खेत र  बर्दियामा पनि बाढीको मध्यम जोखिम रहेको उल्लेख गरिएको छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भागका साथै कर्णाली प्रदेशको पहाडी भाग र लुम्बिनी प्रदेशको पहाडी र तराईका थोरै क्षेत्रमा पानी पर्ने सम्भावना छ । एक ÷ दुई ठाउँमा मात्रै ठूलो पानी पर्न सक्ने अनुमान छ । यही क्रम भोलि र पर्सिसम्म रहनेछ ।
 

प्रकाशित मिति: आइतबार, साउन २४, २०८३  १३:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update