भालुको आक्रमणबाट दार्चुलामा एक जना घाइते
दार्चुला –दार्चुलामा भालुको आक्रमणबाट एकजना घाइते भएका छन् ।
जिल्लाको महाकाली नगरपालिका वडा नं ६ का ५८ बर्षीय हरकसिंह ठगुन्ना भालुको आक्रमणबाट घाइते भएका हुन ।
आफ्नै खेतबारीमा तरकारी टिपीरहेका बेला सोमबार दिउँसो भालुले ठगुन्नामाथि आक्रमण गरेको स्थानीय बिसनसिंह ढाँटले बताए ।
भालुको आक्रमणबाट घाइते भएका ठगुन्नाको हात र कानमा चोट रहेको बताइएको छ । ठगुन्नाको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको बताइएको छ ।
प्रकाशित मिति: सोमबार, साउन १८, २०८३ १७:५१
प्रतिक्रिया दिनुहोस्




