कैलालीमा खोलामा डुबेर एक बालकको मृत्यु
कैलाली –कैलालीमा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ ।
जिल्लाको गौरीगंगा नगरपालिका–८, लिक्मास्थित साथीहरूसँगै खोलामा नुहाउन गएका बेला स्थानीय गणेशबहादुर धामीका १२ बर्षीय छोरा सलीम धामी डुबेका थिए ।
खोलामा डुबेका धामीको तत्कालै उद्धार गरिएको भएपनि उनको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) हिरासिंह महराले बताए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, साउन १७, २०८३ १७:३१
प्रतिक्रिया दिनुहोस्




