बैतडीमा घाँस काट्ने क्रममा ढुङ्गा लागेर एक किशोरीको मृत्यु
बैतडी - बैतडीमा घाँस काट्ने क्रममा ढुङ्गा लागेर एक किशोरीको घटनास्थलमा मृत्यु भएको छ ।
बैतडीको दशरथचन्द नगरपालिका वडा १ कलौन घर भएकी २२ बर्षिय अस्मिता भट्टको घाँस काट्ने क्रममा माथीबाट आएको ढुङ्गा लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । घरबाट बिहान घाँस काट्न जिल्लाको सुर्नया गाउँपालिका वडा नम्बर २ कैलडाडा गएकी भट्टको जमिन भासिएर माथीबाट आएको ढुङ्गा लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता प्रहरी निरीक्षक सुरज सिँहले बताए ।
सोमबार बिहान घाँस काट्न गएकी भट्टको ९:३० बजे ढुङ्गा लागेर घटनास्थलमा मृत्यु भएको बताइएको छ। मृतक भट्टको सब पोस्टमार्टमका लागि जिल्ला अस्पताल पुर्याउने काम भैरहेको छ भने घटना बारे थप अनुसन्धान गरिरहेको प्रहरी स्रोतमा उल्लेख गरिएको छ ।
प्रकाशित मिति: सोमबार, साउन ११, २०८३ १३:५७
प्रतिक्रिया दिनुहोस्





