Sagun Khabar
नेपाली बजारमा प्रवेशसँगै भिडाले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

बैतडी - हिरो मोटोकर्पद्वारा सञ्चालित विद्युतीय दुईपांग्रे ब्रान्ड भिडाले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपालमा औपचारिक प्रवेश गरेको घोषणा गरेको छ । योसँगै भिडाले आफ्नो विश्वव्यापी विस्तारको सुरुआत गरेको हो । नेपाली ग्राहकहरूको बहुआयामिक जीवनशैली र आवश्यकताअनुरूप भिडा भीजेड २ इभुटर सिरिज तथा युवापुस्तालक्षित भिडा डिर्ट इके–३ विद्युतीय अफ–रोड मोटरसाइकल अब नेपाली बजारमा उपलब्ध हुने बताइएको छ । 

दैनिक आवतजावत प्रयोजनका लागि डिजाइन गरिएको भिडा भीजेड २ इभुटरले अत्याधुनिक प्रविधि, उत्कृष्ट रेन्ज, शक्तिशाली कार्यक्षमता तथा उच्च गुणस्तर प्रदान गर्दछ । त्यस्तै, भिडा डिर्ट इके–३ ले युवापुस्तालाई सुरक्षित, रोमाञ्चक तथा पूर्ण रूपमा विद्युतीय अफ–रोड राइडिङ अनुभव प्रदान गर्ने उद्देश्य राखेको छ । नेपालमा भिडाका उत्पादनहरू सीजी मोटर्स चौधरी ग्रुप मार्फत आधिकारिक रूपमा उपलब्ध हुनेछन् ।

चौधरी ग्रुप नेपालका अग्रणी व्यावसायिक समूहहरूमध्ये एक हो, जसले विश्वभर १६० भन्दा बढी कम्पनीहरू तथा १२३ ब्रान्डहरू सञ्चालन गर्दै आएको छ । यस ऐतिहासिक अवसरमा हिरो मोटोकर्पअन्तर्गतको इमर्जिङ मोबिलिटी बिजनेस युनिटकी प्रमुख व्यापार अधिकृत कौशल्या नन्दकुमारले नेपाली ग्राहकलाई प्रिमियम, भरपर्दो र अत्याधुनिक विद्युतीय दुईपांग्रे अनुभव प्रदान गर्ने प्रतिबद्धता व्याक्त गर्नु भएको छ । 

भिडाको अन्तर्राष्ट्रिय यात्रा नेपालबाट सुरु हुनु हाम्रो लागि गर्वको विषय हो । नेपाल हाम्रो लागि रणनीतिक रूपमा अत्यन्त महत्त्वपूर्ण बजार हो, जहाँ विद्युतीय सवारीप्रति आकर्षण तीव्र रूपमा बढिरहेको छ । भारतमा विकसित हाम्रो उत्कृष्ट इन्जिनियरिङ तथा डिजाइन क्षमतालाई अब नेपाली ग्राहकसम्म पुर्‍याउन पाउँदा हामी उत्साहित छौँ । सीजी मोटर्ससँगको सहकार्यमार्फत नेपाली ग्राहकलाई प्रिमियम, भरपर्दो र अत्याधुनिक विद्युतीय दुईपांग्रे अनुभव प्रदान गर्न प्रतिबद्ध रहेका प्रमुख व्यापार अधिकृत कौशल्या नन्दकुमारले बताइन् ।                

त्यसैगरी चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले यसले नेपालको दुईपांग्रे बजारमा नयाँ मानक स्थापित गर्ने बताए । उनले भने, "नेपाल दिगो तथा हरित यातायाततर्फ तीव्र रूपमा अघि बढिरहेको छ । भिडाको नेपाल प्रवेशले यो परिवर्तनलाई अझ गति दिने विश्वास लिएका छौँ । दैनिक प्रयोगकर्ता तथा नयाँ पुस्ताका राइडरहरूको आवश्यकता अनुरूप विकसित यी अत्याधुनिक विद्युतीय उत्पादनहरूले नेपालको दुईपांग्रे बजारमा नयाँ मानक स्थापित गर्नेछन् ।

प्रकाशित मिति: सोमबार, साउन ११, २०८३  १२:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update