Sagun Khabar
बैतडीको दशरथचन्द नगरपालिकामा भोली स्थानीय सार्वजनिक बिदा

बैतडी- बैतडीको दशरथचन्द नगरपालिकाले भोली साउन ७ गते बिहिबार नगरपालिका क्षेत्रभित्र स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

जिल्लाको दशरथचन्द नगरपालिका–८ त्रिपुरास्थित प्रसिद्ध त्रिपुरा सुन्दरी भगवती मन्दिरमा असार शुक्ल नवमीका दिन लाग्ने जात्रा यस वर्ष साउन ७ गते परेकाले बिदा दिने निर्णय गरिएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवराज सुवेदीद्वारा जारी सूचना अनुसार उक्त दिन नगरपालिका मातहत रहेका सम्पूर्ण सरकारी तथा गैरसरकारी संघ–संस्था र शैक्षिक संस्थाहरूमा स्थानीय सार्वजनिक बिदा रहनेछ । 

बैतडीमा सातबैनी भगवती र सातभाई केदार देवताका मन्दिर रहेकाले नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थी समेत आउने गरेको स्थानीयबासीले बताएका छन् ।
 

प्रकाशित मिति: बुधबार, साउन ६, २०८३  १२:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update