बैतडीमा हातहतियार तथा खरखजना सम्बन्धि मुद्दामा फरार एक जना पक्राउ
बैतडी– बैतडीमा हातहतियार तथा खरखजना सम्बन्धि मुद्दामा फरार एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको दोगडा केदार गाउँपालिका ८ का ५३ वर्षीय अमर बहादुर बिष्ट रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता, प्रहरी निरीक्षक सुरज सिहले बताए ।
जिल्ला अदालत बैतडीको फैसलाले हातहतियार तथा खरखजना सम्बन्धि मुद्दामा २१ दिन कैद सजाय र ५ हजार जरिवाना तोकिएको दोगडाकेदारका बिष्ट पक्राउ परेका हुन् ।
बिष्टलाई जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरीले मंगलबार निजकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ ।
आवश्यक फैसला कार्यान्वयनका लागी जिल्ला कारागार डडेल्धुरा पठाइएको प्रबक्ता, प्रहरी निरीक्षक सुरज सिहले बताए ।
प्रकाशित मिति: बुधबार, साउन ६, २०८३ १२:०९
प्रतिक्रिया दिनुहोस्





