Sagun Khabar
कञ्चनपुरमा च्याउ खोज्न जाँदा सम्पर्कविहीन भएका सबै महिला भेटिए
तस्बीर : एआई बाट

 कञ्चनपुर- च्याउ खोज्न गएका बेला सम्पर्कविहीन भएका कञ्चनपुरका सबै महिला फेला परिसकेका छन् । 

आइतबार शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र च्याउ खोज्न गएका लक्ष्मी थापामगर, मञ्जु क्षेत्री र सीता चौधरी सोमबार बिहान पौने ६ बजेतिर टेलिफोनमार्फत सम्पर्कमा आएका थिए ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको रणसिंह दल गणका सहसेनानी सुमन केसीको टोलीले आज बिहान उनीहरूलाई सकुशल उद्धार गरी परिवारको जिम्मा लगाएको हो । 

प्रकाशित मिति: सोमबार, साउन ४, २०८३  १४:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update