Sagun Khabar
बैतडीमा हातहतियार तथा खरखजना सम्बन्धि मुद्दाका फरार २ जना  प्रतिवादी पक्राउ

बैतडी- बैतडीमा हातहतियार तथा खरखजना सम्बन्धि मुद्दाका फरार २ जना  प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको दशरथचन्द नगरपालिका–९ का ४१ वर्षीय तारा दत्त जोशी र ४२ वर्षीय मोहन राज जोशी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिहले बताए ।

जिल्ला अदालत बैतडीको फैसलाले हातहतियार तथा खरखजना सम्बन्धि मुद्दामा २१ दिन कैद सजाय तोकिएका तारा दत्त जोशी र मोहन राज जोशी लाइ आईतबार पक्राउ गरेको प्रहरी निरीक्षक सुरज सिहले बताए ।

यी दुबै जनालाई जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरीले   निजहरुकै घर ठेगानाबाट पक्राउ गरेको हो ।

आवश्यक फैसला कार्यान्वयनका लागी दुबै जनालाई जिल्ला अदालतमा बुझाइएको प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिहले बताए ।
 

प्रकाशित मिति: सोमबार, साउन ४, २०८३  ०९:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update