बैतडीमा सवारी ज्यान मुद्धाका एक जना फरार प्रतिवादी पक्राउ
बैतडी – बैतडीमा सवारी ज्यान मुद्दाका फरार एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको पुर्चौडी नगरपालिका–६ रत्नाका २१ वर्षीय दीपक धानुक रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिहले बताए ।
जिल्ला अदालत बैतडीको फैसलाअनुसार सवारी ज्यान मुद्दामा १० दिन कैद सजाय तोकिएका २१ वर्षीय दीपक धानुकलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
अस्थायी प्रहरी पोस्ट ढोल्यामोडबाट खटिएको प्रहरी टोलीले उनलाई सुर्नया गाउँपालिका–८ ढोल्यामोड बजारबाट पक्राउ गरेको जनाएको छ ।
आवश्यक फैसला कार्यान्वयनका लागी धानुकलाई जिल्ला अदालतमा बुझाइएको प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिहले बताए ।
प्रकाशित मिति: आइतबार, साउन ३, २०८३ १०:३२
प्रतिक्रिया दिनुहोस्





